हाइकिङमा रमाए लायन्स सदस्यहरु
कपन अनलाइन
काठमाडौँ पौष ४ ।शनिबार सार्वजनिक बिदा । स्कुल, कलेज, अफिस बन्द हुनाले सबै फुसर्दिला । बिहान कसैले बाधा नपुर्याओस्, अबेरसम्म सुत्न पाइयोस्, अधिकांशको यस्तै चाहना हुन्छ तर सबैलाई भने निन्द्रा प्यारो नहुँदोरहेछ ।दृश्य हो, शनिबार बिहानको लायन्स क्लब डिस्ट्रिक ३२५ डी अन्तर्गत लायन्स क्लब अफ काठमाडौ सृजनशिल र लायन्स क्लब अफ काठमाडौं लालीगुराँसको आयोजनामा भएको स्वास्थ्य र पर्यटनका लागि पदयात्रा भन्ने उदेश्यका साथ गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल देखि मुलखर्क हुदै धाप ड्याम सम्मको पैदल यात्रा ।
स्वस्थ जीवन रहने मुख्य उद्देश्य भए पनि मिर्मिरेमै मर्निङ वाक गर्ने चलन धेरैअघि देखिको हो । अचेल भने स्वस्थ रहन मात्र होइन, घुमफिरमा रमाउन पनि मानिसहरु पदयात्रामा जान्छन् ।कोही साथीभाइ मिलेर नजिकैको गन्तव्यमा पुग्छन् भने कोही संस्थागत रुपमा सुरु भएको हाइकिङ तथा पदायात्रा अभियानमा सामेल हुन्छन् । काठमाडौं आसपासका सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरुमा पदयात्राको रुट खोजी र आन्तरिक पर्यटन प्रबर्तनको उदेश्य सहित त्यस्ता कार्यक्रम आयोजना हुदै आएको छ ।
बिहान सुन्दरीजल बाट शुरु भएको उक्त पदयात्राका लागि पुगेका लायन्स क्लबमा आवद्द भएकाहरुमा उत्सुकता देख्न सकिन्थ्यो ।रमाइलो मान्दै उनीहरु सुन्दरीजल आइपुगेका थिए। औपचारिक कार्यक्रम पश्चात शुरु भएको हाइकिंङ, मुलखर्क हुदै धाप ड्याम पुगी पदयात्राको समापन भएको थियो ।उक्त कार्यक्रममा लायन्स क्लबका करिब ३० जना सहभागी भएका थिए।
हाइकिङमा लायन्सहरुले रमाइलो गर्दै गएका थिए हामीले पदयात्रामा सामेल भएका लायन अच्युत बिष्टलाइ सोधेका थियौ कस्तो अनुभब लागेको छ भनेर? उनले प्रतिक्रिया दिंदै पदयात्रामा निरन्तर हिड्ने र पसिना चुहाउने मात्र नभई पदयात्रीहरु प्रकृतिसँग नजिकिएर डाँडा काँडा, ग्रामिण भेग, हरियाली, खोला एवं नदीहरुसँग साक्षात्कार हुन पाउछन । उनले थप्दै भने यात्राको क्रममा नयाँ र पुराना साथी भेटिन्छन्, बन्छन् , रमाइलो अनि ज्ञानगुनका अनुभवहरु साटासाट गर्दै हिडने हुदा रमाइलो लागेको बताए । उनले पदयात्रीहरुले प्रकृति र समाजलाई बुझ्ने अवसर पनि पाउने हुँदा बेला बेलामा पदयात्रा गर्नुपर्ने बताए । उनले शहरको कोलाहल, भिडभाड भन्दा पर ग्रामिण परिवेशमा पुग्दाको आनन्द बेग्लै भएको बताउदै स्वच्छ हावा, मनोरम प्राकृतिक दृष्य देख्दा मन पुलकित भएको बताए ।
पदयात्री सबै जना बेला बेला जोडले गलल हास्थे भने कोहि फोटो खिच्दै रमाइलो गर्दै अघि बढेका देखिन्थ्ये ।पर्यटकीय सम्भावना बोकेको काठ क्षेत्रको विकास र प्रर्वद्धन कसरी गर्न सकिन्छ? पदयात्रालाई स्वास्थ्य जीवन र पर्यटनसँग जोडेर शुरु भएको यो अभियान निरन्तर हुनुपर्ने सबैको भनाइ रहेको थियो ।