सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोज्यो : डा. दिनेश चन्द देवकोटा

सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोज्यो : डा. दिनेश चन्द देवकोटा

कपन अनलाइन 

काठमाडौं पौष ४। नेकपा एमालेका वागमती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश चन्द्र देवकोटाले सरकारले अध्यादेश ल्याएर लोकतन्त्रको उपहास गर्न खोजेको बताएका छन  । काम चलाउ सरकारले अध्यादेश ल्याउनु प्रजातन्त्र र लोकतन्त्रलाई नै खिल्ली उडाउने खालको काम हो ।

संघीयतालाई आक्रमण गर्नेगरी मान्छेहरु लागेका छन् । प्रदेशलाई सवलीकरण गर्नेगरी मेरो बुद्धि विवेक र अनुभव प्रयोग हुनेछ । आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले  भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त  गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।