गोकर्णेश्वर  नगरपालिकामा  दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता हुदै

कपन अनलाइन

काठमाडौँ, पौष ३ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका  साथ गोकर्णेश्वर  नगरपालिकामा  दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९ हुने भएको छ ।  गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिको    आयोजना तथा तोयाकान नेपाल बादो-रियो कराते डो संघको संयोजकत्वमा यहि पौष  ८ र ९ गते लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ मा हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले खेल संस्कृतिको विकास गर्दै खेलकुदको माध्यमबाट  प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई शिल्ड ,ट्रफी मेडल र प्रमाणपत्र प्रदान   गरिने समेत उनले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।