गोकर्णेश्वर ४ मा रोकिएको ऐतिहसिक श्री नवदुर्गा नांच पुनः सुचारु गर्ने बिषयमा छलफल सम्पन्न
कपन अनलाइन
काठमाडौं ,पौष २। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको श्री तलेजु भवानी पुजा तथा जात्रा संचालन समितिद्वारा आयोजित ऐतिहसिक श्री नवदुर्गा नांच पुनः सुचारु गर्ने बिषयमा छलफल सम्पन्न भएको छ पौष १ गते शुक्रबार बिहान ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नं ४ देशे लाक्षीमा भएको उक्त छलफलमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत वडा सदस्यहरु राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ, गौरी श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
उक्त छलफलमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित देशेमा बिगत १३ बर्ष देखि रोकिरहेको भक्तपुरको ऐतिहसिक श्री नवदुर्गा नांच गोकर्ण देशेमा पुनः सुचारु गर्न बिभिन्न समिति गठन गर्ने निर्णय भएको छ भने उक्त ऐतिहसिक श्री नवदुर्गा नांच गोकर्ण देशेमा पुनः सुचारु गर्न वडाले आवश्यक सहयोग गर्ने वडा अध्यक्ष जयराम महतले जानकारी गराए ।
ऐतिहसिक श्री नवदुर्गा नांचमल्लकालदेखि सञ्चालन हुँदै आएको पाईन्छ।ने सं ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सन्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गा देवस्थल निर्माण गराएको हो।बर्षभरिको सबैभन्दा बढ़ी जात्रा सन्चालन हुने ऐतिहासिक जात्रामा श्री नवदुर्गालाई जीवीत देवताको रूपमा पुजिने गरिन्छ।यो जात्रा भक्तपुरमा मात्र सीमित नभई पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, श्रीखण्डपूर, पनौती गरी विभिन्न स्थानमा जात्रा सञ्चालन गरिदै आएको छ ।