सत्यतथ्य : त्रिलोचन आचार्य (कविता )

सत्यतथ्य : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

आशीर्वाद सधैँ मिल्छ उपकार गर्यो  भने
उम्रन्छ विरुवा राम्रो खेत राम्रो पर्यो  भने ।१।

लागे सत्कर्ममा मिल्छ लक्ष्य चु म्नकुनै दिन
अन्यथा चम्किँदै घाम घुम्थ्यो आकाशमा किन ।२।

गरिमा व्यक्तिको बढ्छ साधना कामको गरे
भक्तको नाम चम्कन्छ महिमा धामको गरे ।३।

आगोको काम हो यौटा न्यानो सृष्टि बनाउँन
धागोको काम हो जोड्दै फूलमाला बनाउँन ।४।

सानोले पनि जुक्तिले ठूलो काम बनाउँछ
गर्दै कलमले सन्धि युध्द अन्त्य गराउँछ ।५।

परिश्रम गरे हुन्छ बारी खेत हराभरा
त्यसैले भनिएको हो बीर भोग्या बसुन्धरा ।६।

हुन्छ ज्ञान लिए हुन्छ जताबाट भएपनि
पुग्छ सागरमा पानी जताबाट गएपनि ।७।

सक्दैन ज्योतिले भर्न स्वयं प्रकाशले पनि
हेर कत्ति बसेको छ अँध्यारो बत्तिका मुनि ।८।

पाइने चिजत्यो हुन्न महत्वपूर्ण आखिर
जहाँ मान्छे स्वयं हुन्छ फोटाको किनहोस् पिर ।९।

त्यागकै रङ्गले गर्दा आमाको नामहो ठुलो
स्रस्टाले नै गरेको छ सिर्जना सब चम्किलो ।१०।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।