किराँत समुदायको चासोक तङ्नाम अर्थात् उधौली पर्व मनाइदै

किराँत समुदायको चासोक तङ्नाम  अर्थात् उधौली पर्व मनाइदै

कपन अनलाइन

काठमाडौँ, मङ्सिर २२ । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउदै आएको चासोक तङ्नाम अर्थात् न्वागी पूजा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विशेष गरी पूर्वका विभिन्न भेगमा बसोबास गर्ने लिम्बू, राई, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमा अर्थात् आजैका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आआफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।न्वागी पूजा गर्न आज बिहानैदेखि किराँत मन्दिरमा किराँत धर्मावलम्बीको भिड लागेको छ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्राइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ

प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूले धान्य पूर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बूले चासोक र राईले उधौली पर्वका रुपमा मान्दै आएका छन् ।
केही वर्षयता सरकारले मङ्सिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक बिदा दिन थालेको छ । बिशेषतः यो पर्व किराँतको बाहुल्य भएका ताप्लेजङ, पाँचथर, इलाम, धनकुटा तेहथुम, सङ्खुवासभा, झापा, मोरङ र सुनसरीमा साथ मनाउने गरिएको छ ।

फाइल फोटो : सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।