नीलोपुल–धोबीखोला सरसफाइ,खोला छेउका टहराहरु सात दिनभित्र हटाउन आदेश

नीलोपुल–धोबीखोला सरसफाइ,खोला छेउका  टहराहरु सात दिनभित्र हटाउन  आदेश

Dhobikhola safai (1)

खोला छेउका अतिक्रमित टहराहरु सात दिनभित्र हटाउन  आदेश  ।

कपन अनलाइन बुनपा  ३० जेठ । नवगठित बुढानीलकण्ठ नगरपालिका कार्यालयको आयोजना र स्थानीय , सर्वसाधारण र प्रहरीको सहभागितामा आज बिहान बुढानीलकण्ठ–११ र १२ मा पर्ने रुद्रमती(धोबीखोला)स्थित नीलोपुलदेखि दायाँबायाँ भागका उत्तरी भागको किनारमा सरसफाइ गरियो ।

Dhobikhola safai (2)
बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत वीरेन्द्र भारती धोवीखोला सफाई गर्दै

नगरपालिकाका कार्यकारी अधिकृत वीरेन्द्र भारतीको पनि सहभागिता रहेको कार्यक्रममा धोबीखोला छेउका फोहर व्यवस्थापन गरिएको थियो । नगरपालिकाले खोला छेउका अतिक्रमित टहराहरु सात दिनभित्र हटाउन पनि आदेश दिएको छ ।

Dhobikhola safai (4)

फोटोहरु: पुरुषोतम सापकोटा/कपन अनलाइन 

तपाइँको प्रतिक्रिया ।