श्री लक्ष्मी ह्याग्रिब तथा कोलमत्तेश्वर मन्दिरका गुरु तथा शिष्यहरुलाई जाडोको लागि न्यानो वस्त्र वितरण
कपन अनलाइन
काठमाडौँ, मङ्सिर २ । श्री लक्ष्मी ह्याग्रिब तथा कोलमत्तेश्वर मन्दिरका गुरु तथा शिष्यहरुलाई जाडोको लागि न्यानो वस्त्र वितरण गरिएको छ । भिजन क्लब अफ काठमाडौँ, लायन्स क्लब अफ काठमाडौँ नयाँपाटी फ्रेन्ड्स र द फेन्ड्स नेवा: किचन एन्ड क्याफे नयाँपाटीको आयोजनामा बिहिबार न्यानो वस्त्र वितरण गरिएको हो ।
साँझ ३:३० बजे बिष्णु बहादुर श्रेष्ठको संयोजकत्वमा भएको सो कार्यक्रममा श्री लक्ष्मी ह्याग्रिब तथा कोलमत्तेश्वर मन्दिरका गुरु तथा शिष्यहरु गरि कुल ११ जनालाई जाडोकोको लागि न्यानो वस्त्र प्रदान गरेको आयोजकले जानकारी गराएको छ ।
चीसोका कारण श्री लक्ष्मी ह्याग्रिब तथा कोलमत्तेश्वर मन्दिरका गुरु तथा शिष्यहरुको पढाई प्रभावित नबनोस भन्ने उदेश्यका साथ न्यानो वस्त्र वितरण गरिएको आयोजकले जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।


