बालबालिकाहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
कपन अनलाइ बुनापा , ३० जेठ ।सामाजिक क्षेत्रमा अग्रणी संस्था सुनौलो विकल्प नेपालले विद्यार्थीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
‘फ्रि फ्राईडे’ नामक कार्यक्रम गर्दै आएको यस संस्थाले यसपालीको कार्यक्रम अन्तर्गत बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट त्रसित बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ सामुदायिक विद्यालयहरु बालउद्धार उच्च मावि र पाथीभरा प्राविका विद्यार्थीहरुलाई हाजिरी जवाफ म्युजिकल चियर जस्ता मनोरञ्जनात्म कार्यक्रम गरेको हो ।
कपनअनलाइनसँग कुरा गर्दै सुनौलो विकल्प नेपालकी महासचिव विद्या सुवेदी ज्ञवालीले भनिन् – फ्रि फ्राइडे कार्यक्रम हामीले बुढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा गर्ने गर्दछौँ । यो कार्यक्रम अन्र्तगत हामी विद्यालयहरुमा गएर विद्यार्थीलाई विभिन्न सिर्जनात्मक गतिविधि गर्न लगाउँछौ र विजयी हुने विद्यार्थीलाई अन द स्पट विभिन्न पुरस्कार दिने गर्दछौँ । यस्ता खाले कार्यक्रमले विद्यार्थीलाई सिर्जनात्मक बनाउने विश्वास हामीले लिएका छौँ ।
यस अघि गत फागुन १६ गते शुक्रबार पनि यस संस्थाले हस्त लेखन, चित्रकला प्रतियोगिता गरेको पनि ज्ञवालीले बताइन् ।