भोलि कार्तिक २८ गते शंखपार्कमा मदन भण्डारी फाउन्डेसनले रक्तदान कार्यक्रम आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं, कात्तिक २७।

भोलि कार्तिक २८ गते शंखपार्कमा मदन भण्डारी फाउन्डेसन काठमाण्डौ जिल्ला कमिटीले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ४ मा हुने सो रक्तदान कार्यक्रम बिहान ९ बजे देखि २ बजे सम्म हुनेछ।

पछिल्लो समय भएको रगतको चरम अभावलाई पूर्ति गर्नका लागि रक्तसंचार केन्द्रकी  रक्तदाता संस्था मध्ये उत्कृस्ट तिनमा पर्न सफल मदन भण्डारी फाउन्डेसनले सो कार्यक्रम आयोजना गरेको नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन।

खुल्ला रुपमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दै आयोजक संस्थाले मानवीय सेवाको उच्चतम कर्ममा सामेल बन्नका लागि आग्रह गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।