काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा २३ हजार ७५ मतदाता,कसले मार्ला बाजी ?
कपन अनलाइन
काठमाण्डौ,कार्तिक २६।
काठमाण्डौ महानगरपालिकाको एक र गोकर्णेश्वर नगरपालिकाका दुई वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा २३ हजार ७५ मतदाता रहेका छन।
काठमाण्डौ महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिका वडा नं ५ र ९ रहेको काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र नेकपा एमालेका चन्द्रमान लामा सहित विभिन्न पार्टीका र स्वतन्त्र उम्मेदवारहरु रहेका छन।
२०७४ सालको प्रदेस सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ३ (१ ) नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा ६४४८ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रुद्र बराइलीले ५३३५ र विवेकशील साझा पार्टीका रमेश कुमार पुडासैनीले १९६१ मत प्राप्त गरेका थिए।
मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा उम्मेदवार बनेका वडा नं ६ का दुई लामा मध्ये कसले बाजी मार्छन ? त्यसका लागि मंगसिर ४ गते क्षेत्रका जनताले फैसला गर्नेछन।
कुन वडामा कति छन मतदाता ?
गोकर्णेश्वर नगरपालिका
वडा नं ५ :५८०२
वडा नं ९ :१७४२
काठमाण्डौ महानगरपालिका
वडा नं ६ : १५५३१