बुढानिलकण्ठ-१० मा गगन कुमार थापा र कसुम कुमार कार्कीको घरदैलो….
कपन अनलाइन
काठमाण्डौ,कार्तिक २६।
बाम -लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवारहरुले बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा घरदैलो अभियान संचालन गरेका छन।
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन कुमार थापा र नेकपा (एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार कार्कीले वडा नं १० को घरदैलो अभियानमा स्थानीयहरुले न्यानो स्वागत गरेको नेपाली कांग्रेस वडा नं १० का सभापति नारद मणि घिमिरेले बताएका छन।
नेकपा माओवादी केन्द्रका तर्फबाट बागमती प्रदेस सभामा समानुपातिक उम्मेदवार राजेन्द्र श्रेष्ठ सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा वडा नं १० का विभिन्न स्थानमा पुगेर उम्मेद्वारहरुले स्थानीय संग मत मागेका थिए।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा ८ हजार ३ सय मतदाता रहेका छन।