क्षेत्र नं ५ का जनता ईश्वर पोखरेलको साथमा छन,प्रमाण बिनाका उडन्ते फन्डाले काम गर्दैन : प्रदिप डंगोल

क्षेत्र नं ५ का जनता ईश्वर पोखरेलको साथमा छन,प्रमाण बिनाका उडन्ते फन्डाले काम गर्दैन : प्रदिप डंगोल

कपन अनलाइन

काठमाडौं कात्तिक २२।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले गरेको काम र विकासबाट डराएर प्रमाण बिनाका उडन्ते फन्डा चलाउने प्रतिस्पर्धीहरुलाई सस्तो प्रचारवाजी नगर्न चेतावनी दिएका छन।

करिव ४ दशक देखि काठमाण्डौ क्षेत्र नं ५ का जनताको सुख दुखको सारथी बनेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको पहल र प्रत्यक्ष सहभागितामा क्षेत्र नं ५ को पूर्वाधार विकासले फडको मारेको आफ्नो घरदैलोका क्रममा देखेका प्रतिस्पर्धीहरुले कुनै मुद्दा नपाएपछि प्रमाण बिनाका आधारहीन आरोपको साहारा लिएको डंगोलले दावी गरेका छन।

काठमाण्डौ क्षेत्र नं ५ को स्थानीय तहका एक पुर्व जनप्रतिनिधिले वरिष्ठ उपाध्यक्ष पोखरेललाई लगाएको नातावादको आरोप प्रति संकेत गर्दै अध्यक्ष डंगोलले ति जनप्रतिनिधिका तिन पुस्ता नै वडा अध्यक्ष हुँदा चाही नातावाद हुने कि नहुने ? भन्दै प्रश्न समेत गरेका छन।

चौथो पटक जनप्रतिनिधि बन्न न्वारन देखिको बल लगाएपनि नयाँ पुस्तालाई अवसर दिने पार्टीको निर्णयले गर्दा केहि सिप नलागेपछी पार्टी परित्याग गरेर गएका ति जनप्रतिनिधिलाई एक पटक आफै तिर फर्केर हेर्न आग्रह गर्दै अध्यक्ष डंगोलले घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेलले पाएको स्वागत र समर्थन देखेर विपक्षीहरु अत्तालिएको टिप्पणी समेत गरेका छन।

काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा ,बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा र टोखा नगरपालिकाका ६ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा  स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५  का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५०  मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ५  का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३  रहेको छ भने ३  वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५  मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७  मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ मा विजयी बनेका नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले २३०२९  मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका डा. प्रकाश शरण महतले १३१६९ मत प्राप्त गरेका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।