काठमाडाै महानगरपालिका वडा नं १६ का “भाइरल” वडाध्यक्षलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडाै महानगरपालिका वडा नं १६ का “भाइरल” वडाध्यक्षलाई पाँच हजार रुपैयाँ जरिवाना

कपन अनलाइन
काठमाडौं, कार्तिक २० ।

काठमाडाैँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचार प्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।

काठमाण्डौ महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट निकै भाइरल बनेका रिजाल नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ७ का सभापति समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।