काठमाडौं निर्वाचन क्षेत्र नं ७ (१) का स्वतन्त्र उम्मेदवार गोपाल मालि नेकपा एमाले फर्किए
कपन अनलाइन
काठमाडौं , कार्तिक १८।
काठमाडौं निर्वाचन क्षेत्र नं ७ ( १ ) का उम्मेदवार गोपाल मालिले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन। आज नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको विशेष भेटपछि उहाले आफ्नो उम्मेदवारी निष्कृय पार्ने निर्णय गरेका हुन्।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा वडा नं १७ का ईन्चार्ज गोपाल मालिले आफ्नो स्वतन्त्र उम्मेदवारीलाई निष्कृय पार्दै नेकपा एमालेलाई जिताउने अभियानमा लाग्ने बताएका छन।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल सहित केन्द्रिय सदस्य नारायण सिलवाल, प्रदेश कमिटी सदस्य सिताराम रेग्मी, जिल्ला अध्यक्ष दिपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्यहरु बिदुर प्रसाद अर्याल र विश्वराम सापकोटाको उपस्थितीमा मालीले पार्टीको पुरानै जिम्मेवारीमा फर्कने जानकारी दिएका छन।
मालीले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका सुर्य चिन्हमा मतदान गर्न सम्पुर्ण मतदातालाई अपिल समेत गरेका छन।