किन पुगे बुढानिलकण्ठ मन्दिरमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल ?
कपन अनलाइन
काठमाडौँ कात्तिक १८ ।
हरिबोधनी एकादशीको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा लागेको मेलामा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार इश्वर पोखरेल सहभागी भएका छन ।
हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं ५ बुढानिलकण्ठ मन्दिरमा लगाइएको श्रीमदभागवत महायज्ञमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार इश्वर पोखरेल क्षेत्र नं ५ (२) का उम्मेदवार दिपक निरौला समेत सो कार्यक्रममा सहभागी भएका थिए ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार इश्वर पोखरेलले सांस्कृतिक सम्पदा देशको महत्वपूर्ण सम्पत्ति भएको बताउदै बुढानिलकण्ठ मन्दिर र सो क्षेत्रको बृहत्तर विकासमा आफ्नो सँधै ध्यान भएको धारणा राखेका छन ।
उपाध्यक्ष पोखरेलले मन्दिर दर्शन गर्नुको साथै मन्दिरका पुजारी र अन्य मन्दिरका पदाधिकारीहरु संग मन्दिरलाई थप व्यवस्थित बनाउने तथा मेलामा आएका भक्तालुहरुलाई सहज बातावरणमै बुढानिलकण्ठको दर्शन गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेका थिए ।
हरिबोधनी एकादशीको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा बिशेष मेला एवम पूजा गर्नेहरुको भीड लागेको छ ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ‘विष्णु’ को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।
धार्मिक मान्यता अनुसार आजको दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण दर्शन गरेपछि बुढानिलकण्ठ नारायणको दर्शन गर्नुपर्ने मान्यता रहेको छ । सोहि कारणले गर्दा पनि धेरै भक्तजनको बिहानै देखि मन्दिर परिसरमा भीड लागेको छ ।