दुई नगरका चर्चित वडा नं ६ : काठमाण्डौ क्षेत्र नं ३ का “इपिसेन्टर”
कपन अनलाइन
काठमाण्डौ,कार्तिक १७।
चुनावी गर्मि बढ्दै गए संगै आक्रामक प्रचार अभियानमा रहेका काठमाण्डौ क्षेत्र नं ३ का राजनीतिक दलहरु पछिल्लो समय काठमाण्डौ महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा विशेष केन्द्रीत बनेका छन।
काठमाण्डौ क्षेत्र नं ३ मा रहेका ५८,८८९ मतदाताहरु मध्ये करिव ३६.५४ प्रतिसत मतभार रहेका यी दुई वडामा क्षेत्र नं ३ को मैदानमा रहेका राजनीतिक दल र उम्मेदवारहरु विभिन्न माध्यमबाट सक्रिय बनेका हुन।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जितेको काठमाण्डौ महानगरपालिका वडा नं ६ र नेकपा एमालेले विजय प्राप्त गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ६ दैनिक भेला ,बैठक र कार्यक्रमहरु तीव्र बनेका छन।
नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीका प्रदेस सभा सदस्य उम्मेदवार रहेको काठमाण्डौ महानगरपालिका वडा नं ६ मा १५,५३१ मतदाता रहेका छन भने गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेको वडा नं ६ मा ५,९८९ मतदाता रहेका छन।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका छिरिङ दोर्जे लामा र नेकपा एमालेका उम्मेदवार चन्द्रमान लामा दुवै काठमाण्डौ महानगरपालिका वडा नं ६ का वासिन्दा हुन।
यो पनि पढ्नुहोस :
काठमाण्डौ क्षेत्र नं ३ मा ५८,८८९ मतदाता, कुन वडामा कति मतदाता छन ?