स्वतन्त्र बनेका गोकर्णेश्वर २ का पूर्व इकाई सभापति प्रेम प्रसाद श्रेष्ठ नेपाली कांग्रेसमा नै फर्किए

कपन अनलाइन

काठमाडौँ, कात्तिक १४। नेपाली कांग्रेस गोकर्णेश्वर २ का पुर्व इकाई सभापति प्रेम  प्रसाद  श्रेष्ठ कांग्रेस पार्टीमै फर्किएका छन ।स्थानीय निर्वाचनमा टिकट वितरण प्रति असन्तुष्टि  ब्यक्त गर्दै वडा अध्यक्ष पदमा स्वतन्त्र  उम्मेदवारी दिएका श्रेष्ठलाइ काठमाडौँ क्षेत्र नं ३ का क्षेत्रीय सभापति एबम आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा का उम्मेदवार सन्तोष चालिसेले कारवाही नगर्ने पत्र दिदै पार्टीमा फर्काएका हुन।स्थानीय निर्वाचनमा टिकट वितरण प्रति असन्तुष्टि  ब्यक्त गर्दै वडा अध्यक्ष पदमा स्वतन्त्र  उम्मेदवारी दिएका  श्रेष्ठले  पुतली  चुनाब चिन्हमा   ४२ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेस गोकर्णेश्वर २ इकाईले आयोजना गरेको नागरिक संग  उम्मेदवार  बिषयक अन्तरक्रिया कार्यक्रममा कारवाही नहुने पत्र हस्तान्तरण गरेका हुन ।क्षेत्रीय सभापति एबम  प्रतिनिधि सभा सदस्यका उम्मेदवार चालिसेले उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै  टिकट वितरणमा असन्तुष्टि राख्दै स्वतन्त्र उम्मेदवार दिएका प्रेम प्रसाद  श्रेष्ठ लगायतलाइ  पार्टीमा फर्किएर  संघ र प्रदेशको निर्वाचनमा सक्रिय रुपमा लाग्न अनुरोध गर्दै आगामी दिनमा असन्तुष्टि नहुने गरि सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्दता ब्यक्त गरेका  थिए ।

 काठमाडौं क्षेत्र नं ३ मा  निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन  । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन  बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त  भएका हुन ।

तपाइँको प्रतिक्रिया ।