गगन थापा र डा.राजन भट्टराई एक साथ मैदानमा,सालिन प्रतिस्पर्धाको अपेक्षा

गगन थापा र डा.राजन भट्टराई एक साथ मैदानमा,सालिन प्रतिस्पर्धाको अपेक्षा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ९।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापा र डा. राजन भट्टराई एक साथ क्षेत्रको कार्यक्रममा सहभागी भएका छन ।

काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिक माहोlललाई दुषित बनाउन केहि हुक्के, ढोके र चिलिमेहरुले खेति गरेता पनि निउकै सालिन र मित्रवत रुपमा प्रस्तुत भएका दुई उम्मेदवारहरु काठमाण्डौ महानगरपालिका वडा नं ३० मैतीदेवीमा भएको भिन्तुना र्यालीमा सहभागी भएका थिए ।

दोश्रो पटक चुनावी मैदानमा उत्रिएका दुई युवा नेताहरुको सहभागिताले निकै रौनक थपेको सो र्यालीमा काठमाण्डौ क्षेत्र नं ४ (१) का उम्मेदवार तेज प्रसाद ढकाल सहित स्थानीयहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो।

विगतमा  सडक र सदनमा निरन्तर सहकार्य गरेका दुई नेता विच चुनावी दौरानमा भएको भेटमा निकै सौहार्दपूर्ण रुपम प्रस्तुत भएका दुई नेता सहभागी भएको सो र्याली वडा नं ३० का विभिन्न स्थानमा पुगेको थियो।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ७४४ मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का ९ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १६५०७ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १५,७६३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले २,४१४ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ८४४ मत प्राप्त गरेका थिए।

त्यसैगरी स्थानिय तहको निर्वाचनमा रास्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारले २,२९३ मत प्राप्त गरेको काठमाण्डौ क्षेत्र नं ४ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार  गगन कुमार थापाले २,१५५८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका डा.राजन भट्टराईले १,८१४० मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।