महेन्द्र बौद्ध मावीका तिन पुर्व विद्यार्थी काठमाण्डौ क्षेत्र नं ३ को चुनावी मैदानमा
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
मंगसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेस सभा सदस्यको निर्वाचनका लागि काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको महेन्द्र बौद्ध मावीका तिन पुर्व विद्यार्थीहरु काठमाण्डौ क्षेत्र नं ३ को चुनावी मैदानमा उत्रिएका छन।
सो विद्यालयका दुई पुर्व विद्यार्थी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन भने एक विद्यार्थी प्रदेस सभा सदस्यको उम्मेदवार बनेका छन। महेन्द्र बौद्ध मावीका पुर्व विद्यार्थी गणेश गिरी राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका छन भने निरन्जन पुडासैनी स्वतन्त्र उम्मेवार बनेका छन।
त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा सो विद्यालयका पुर्व विद्यार्थी प्रदेस सभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ६ का निवर्तमान अध्यक्ष दिपेन्द्र लामा नेपाली कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेका हुन्।
राप्रपाका उम्मेदवार गिरि महेन्द्र बौद्ध पुर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष तथा अधिवक्ता हुन् भने पुडासैनी लामो समय देखि विभिन्न सामाजिक अभियानमा सक्रिय रहेका छन ।