कपालको सम्पूर्ण समस्या समाधान गर्ने यचु हेयर आयलका प्रडक्टहरु अब जोरपाटीमा नै पाइने
कपन अनलाइन
काठमाडौँ, असोज ३१। यचु हेयर आयल प्रडक्टहरु अब जोरपाटीमा नै पाइने भएको छ । भूमि एमडिआर इन्डस्ट्रिजले उत्पादन गरेको उक्त तेल गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटी नारायणटारमा खोलिएको यचु हेयरको ब्रान्चमा उपलब्ध रहेको केन्द्रका श्यामलाल मानन्धरले कपन अनलाइनलाइ जानकारी गराए ।
नयाँ कपाल उमार्ने, कपाल झर्न रोक्ने र चायाँको समस्या समाधान गर्ने उदेश्य सहित ३३ थरीका विभिन्न प्राकृतिक जडिबुटि लगायतका वस्तुहरुको समिश्रणबाट तेल तयार पारिएको पनि उनले जानकारी गराए । उक्त तेलले कपाल झर्ने, कपाल नउम्रिने र चायाँ लगायतका समस्यामा यस तेलको सफल परिक्षण भइसकेको र परिणाम पनि राम्रै पाएको दावी मानन्धरको रहेको छ ।
लायन्स क्लब संगको सहकार्यमा करीब एक महिना निःशुल्क शिविर चलाएको जानकारी दिदै कपाल नभएकाहरुको पनि कपाल बढेको, चायाँको समस्या समाधान भएको पाइएको मानन्धरले जानकारी गराए । कसैले पनि सो तेलको प्रयोग पछि नराम्रो प्रतिक्रिया नदिएको पनि मानन्धरले जानकारी गराए । तेलको बारेमा थप बुझ्नु परेमा ९८५१०३७१८८मा सम्पर्क गर्न सकिने उनले जानकारी गराए ।