नेकपा एमाले काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवारहरुले मनोनयन दर्ता गराए
कपन अनलाइन
काठमाडौँ,असोज २६ । मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन भने प्रदेश क मा नारायण सिलवालले र प्रदेश खमा दिपक निरौला ले उम्मेदवारी दर्ता गराएका छन ।
उनीहरुले निर्वाचन अधिकृतको कार्यलय टोखा मा सामुहिक रुपमा उम्मेदवारी दर्ता गराएका हुन। उनीहरुले कार्यकर्ताको बाक्लो उपस्थितिमा मनोनयन दर्ता गराएका थिए ।
२०७४ को निर्वाचनमा पनि पोखरेल काठमाडौं ५ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ सालमा काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०१० सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०२४ सालदेखि राजनीतिमा सक्रिय छन् । त्यसैगरि २०७४ को निर्वाचनमा पनि प्रदेश क मा नारायण सिलवाल र प्रदेश ख मा दिपक निरौला निर्वाचित भएका थिए ।