नेकपा एस ओखलढुंगाका प्रभावशाली युवा नेताहरु एमालेमा फर्किए

नेकपा एस ओखलढुंगाका प्रभावशाली युवा नेताहरु एमालेमा फर्किए

कपन अनलाइन

काठमाण्डौ ,असोज २५।

नेकपा एस ओखलढुंगाका प्रभावशाली युवा नेताहरु एमालेमा फर्किएका छन् । पार्टी विभाजनताका नेकपा एसमा महत्वपूर्ण जिम्मेवारी लिएका युवा नेताहरु एमालेको पूर्ववत जिम्मेवारीमा फर्र्किएका हुन् ।

युवा नेता राजन खत्री र मनोज मगरसहित एस पार्टीका प्रभावशाली नेताहरु एमाले पूर्ववत  जिम्मेवारीमा फर्किएको एमाले जिल्ला सचिव कमल न्यौपानेले जानकारी दिएका छन  ।एमालेले एक कार्यक्रमका बीच मंगलबार खत्री र मगरसहितका नेतालाई स्वागत गरेको छ ।

‘नेकपा एमालेको संकटको बेलामा सबैभन्दा बढी लडेर पार्टीलाई बलियो बनाएका योद्धाहरु हामी हौं ।’ उनले भने, ‘हिजो संकटमा रगत पसिना बगाएको पार्टीमा पुनः फर्किएका छौं, फेरि एमालेलाई उत्तिकै बलियो बनाउन लाग्छौं ।’ नेकपा एमालेमा युवाहरुलाई गोलबद्ध गर्न योजनावद्ध ढंगले लाग्ने खत्रीले बताए ।

खत्री एस पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिए भने मगर एस निटक युवाको अध्यक्षको जिम्मेवारीमा थिए ।एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारसहितका नेताले एमाले फर्किएका युवा नेताहरुलाई स्वागत गरेका थिए।

तपाइँको प्रतिक्रिया ।