ओखलढुंगा जिल्लामा नेकपा एमालेका यज्ञराज सुनुवार कि अम्बिरबाबु गुरुङ ?

कपन अनलाइन

काठमाण्डौ ,असोज २१ ।

मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न २ दिनको समय बाँकी रहदा पनि ओखलढुंगा जिल्लामा नेकपा एमालेको उम्मेदवार को हुने ? भन्ने निर्क्यौल नहुदा जिल्लाको राजनीति निकै तरंगित बनेको छ।

असोज २३ गते जिल्लामा मनोनयन दर्ताका जानुपर्ने नेताहरु टिकट फाइनल नहुदा काठमाण्डौमा नेताहरुको घरदैलोमा रहेको अवस्थामा जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरु भने अन्यौलमा परेका छन।

ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वारी दौडमा यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङ अन्तिम चरणमा देखिएका छन जसको संसदीय राजनीतिक यात्रा अवको २४ घण्टामा प्रस्ट हुनेछ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार र प्रदेस सभा सदस्य तथा  प्रदेस नं १ का पुर्वमन्त्रि अम्बिरबाबु गुरुङलाई व्यवस्थापन गरेर निर्वाचनको अभियानमा जाने उद्घोष गरेको नेकपा एमाले ओखलढुंगाले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सुनुवार र गुरुङ संगै किशोर अधिकारीको पनि नाम सिफारिस गरेको थियो।

 

तपाइँको प्रतिक्रिया ।