काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेपाली कांग्रेसको उम्मेदवार राधा घले की श्रीराम लामिछाने ?
कपन अनलाइन
काठमाण्डौ ,असोज २०।
मंगसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचनका लागि उम्मेद्वारी मनोनयन असोज २३ गते हुदैछ। समानुपातिक सुचीको तयारी पछि असोज २३ गते १६५ प्रतिनिधि सभा क्षेत्र र ३३० प्रदेस सभा क्षेत्रमा उम्मेद्वारी दर्ता हुनेछ।
उम्मेद्वारी दिन नजिकिए संगै काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेपाली कांग्रेसका तर्फ बाट को प्रदेस सभा उम्मेदवार ? बन्लान भन्ने प्रश्नलाई निकै चासो साथ् हेरिएको छ।
काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा प्रत्यक्षतर्फ राधा घले, श्यामकृष्ण संगत, श्रीराम लामिछाने, नराेत्तम वैद्य, प्रशन्न मान श्रेष्ठ, विनाेदवावु प्रधान सहितकाे नाम सिफारिस भएकाे छ।
उम्मेदवारहरुको अन्तिम नामावली तयार गर्नका लागि राजनीतिक दलहरुले अन्तिम कसरत गरिरहेको समयमा यस प्रदेस सभा क्षेत्रमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले र महाधिवेशन प्रतिनिधि श्रीराम लामिछानेको सम्भावना बढेको चर्चाले राजनीतिक माहोललाई निकै तताएको छ।
बागमती प्रदेस सभा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी बहन गरेकी घले २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फ बाट प्रदेस सभा सदस्य बनेकी थिइन्।
२०४२ सालमा पशुपति मित्र माविबाट तत्कालीन एस.एल.सी. उत्तीर्ण गरेका लामिछाने त्यस लगतै नेवि सङ्घ आबद्ध भई विद्यार्थी राजनीतिमा होमिएका लामिछानेले २०४८ सालको किसुनजीले काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव लड्दा नेबि सङ्घको प्रचार प्रसार संयोजक भएर काम गरेका थिए।
२०४७ सालमा नेवी संघ काठमाडौँ जिल्ला सदस्य भएका उनी २०४८ मा जिल्ला सचिव, २०५० मा उपाध्यक्ष रहेका लामिछाने २०५४ मा नेवी सङ्घको केन्द्रीय सदस्य र २०५९ सालमा नेबि सङ्घको केन्द्रीय कोषाध्यक्ष बनेका थिए।