डा.राजन भट्टराईको साथमा काठमाण्डौ महानगरपालिका वडा नं ७ का बुद्दिजीवीहरु …

डा.राजन भट्टराईको साथमा काठमाण्डौ महानगरपालिका वडा नं ७ का बुद्दिजीवीहरु …

कपन अनलाइन

काठमाण्डौ ,असोज १५ ।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ कमिटीको आयोजनामा बुद्दिजीवी भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

वडा नं ७ को आरबी होम पार्टी प्यालेसमा भएको कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ४ को उम्मेदवारमा नेकपा एमालेको तर्फबाट सर्वसम्मत सिफारिस भएका डा. राजन भट्टराईले विभिन्न क्षेत्रका बिज्ञ तथा बुद्दिजीवीहरु संग अन्तरक्रिया गरेका छन।

नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडाल , बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल , जिल्ला कमिटीका उपसचिव तेज प्रसाद ढकाल  सहित वडा नं ७ मा बसोवास गर्ने करिव ३०० जना बुद्दिजीवीहरुको सहभागिता रहेको अन्तरक्रियामा नेपाली राजनीति र स्थानीय मुद्दाहरुमा वारेमा छलफल भएको थियो।

बडा दशैंको अवसरमा भएको कार्यकममा डा.भट्टराईले नेकपा एमालेको  सरकार बनेको शुरुदेखि नै पार्टीभित्रकै पूर्व प्रधानमन्त्रीहरुको नेतृत्वमा घेराबन्दी गरिएको बताएका थिए।

तत्कालीन प्रधानमन्त्री ओलीका सल्लाहकार समेत रहेका भट्टराईले ठूलो अवरोधका बीच पनि मुलुकको आर्थिक सूचांक निकै मजबुत बनाएको सरकारलाई चुच्चे नक्साबाट नेपालको गुमेको भूभाग समेटेसँगै विस्थापित गर्ने षड्यन्त्र भएको बताएका थिए।

उनले सरकारलाई कामै गर्न नदिने पार्टीभित्रका नेताहरुलाई पछिल्लो समय विपक्षी दल र विदेशी शक्तिहरुले समेत साथ दिएपछि आफूहरु सरकारबाट हटाइउको दावी गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।