१५ वर्ष सांसद हुँदा क्षेत्रमा सिन्को नभाच्नेले प्रधानमन्त्री बन्ने फुर्ति नलाए हुन्छ : उद्दव खरेल
कपन अनलाइन
काठमाण्डौ ,असोज १०।
नेकपा एमाले बागमती प्रदेस कमिटीका सचिवालय सदस्य उद्दव प्रसाद खरेलले काठमाण्डौ क्षेत्र नं ४ मा १५ वर्ष सांसद हुँदा सिन्को नभाच्नेहरुले प्रधानमन्त्री बन्ने फुर्ति लाउनु नहुने बताएका छन।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममाखरेलले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावको मुखमा फेरी झुटको खेती सुरु गरेको प्रति कटाक्ष गर्दै तिन पटक सांसद बन्दा पनि उनले क्षेत्रको लागि केहि नगरेको आरोप समेत लगाएका छन।
धोवीखोला कोरिडोर ,नगर अस्पताल र गाम्चा कौडोल सडक जस्ता महत्वपूर्ण योजनाहरु सम्पन्न गर्नका लागि स्थानीय तहमा रहेको नेकपा एमालेको सरकारको भूमिका रहेको जानकारी दिदै खरेलले राम्रा राम्रा कामको अगाडी फोटो राखेर प्रचार गर्दैमा क्षेत्रका सचेत जनताले नपत्याउने धारणा राखेका थिए।
धोवीखोला कोरिडोरको बाधक पाथिभराका २५ घर कसले व्यवस्थापन गर्यो ? पहिरोले अलपत्र पारेको पुरानो नगर अस्पताल निर्माण स्थलबाट अहिलेको केन्द्र भागमा कसले ल्यायो ? लामो समय देखि १३ कि ११ मिटर भन्नेमा अलपत्र बनेको गाम्चा कौडोल सडक कसको पहलमा समस्या समाधान भएर बन्यो ? भन्ने प्रश्न गर्दै खरेले यी कामका वारेमा सार्वजनिक बहसमा आउन थापालाई चुनौती समेत दिएका थिए।
सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका पुर्व प्रमुख समेत रहेका खरेलले चक्रपथ बाहिर मेलम्ची खानेपानी योजना विस्तारमा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको निर्णायक पहल रहेको बताउदै वडा नं ८ र कपन क्षेत्रको डुवान समस्या समाधानका लागि निर्माण भैरहेका बक्स कल्भर्ट योजना नेकपा एमाले नेतृत्वमा आएको जनताले स्पस्ट बुझेको विचार व्यक्त गरेका थिए।
विगतमा जस्तो गफको झटारो हानेर काठमाण्डौ क्षेत्र नं ४ का जनतालाई गुमराहमा पार्ने सपना नदेख्न चेतावनी दिदै उनले काठमाण्डौ क्षेत्र नं ४ का तिन तहमा नै नेकपा एमालेको नेतृत्व बनाउनका लागि सक्रियता पुर्वक लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए।