जोरपाटी साकोसको १७ औं बार्षिक साधारण सभा सम्पन्न

जोरपाटी साकोसको  १७ औं बार्षिक साधारण सभा सम्पन्न

कपन  अनलाइन

काठमाडौं असोज ९ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटीमा केन्द्रीय कार्यालय रहेको जोरपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न  भएको छ।  संस्थाका अध्यक्ष  महेश आचार्य अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको विभिन्न प्रस्ताव उपर छलफल गर्दै सम्पन्न भएको हो ।

 शनिबार छिमेकि पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा संस्थाका  बरिष्ठ शेयर सदस्य राम प्रसाद काफ्ले   रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा  , बागमती प्रदेश बचत संघ लिमिटेडका सचिब गोबिन्द काफ्ले, नेकपा एस का पोलिटब्युरो सदस्य गोपाल प्रसाद बराल  पुर्व वडा सदस्य लिलामणि खतिवडा, लगायत  संस्थाका संचालक समितिका सदस्य र शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संचालन संस्थाका सचिब राजेन्द्र सापकोटाले गरेका थिए।राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको  प्रमुख अतिथि र बिशेष अतिथिले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

   जोरपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष संचालक समितिका सदस्य सरस्वती कोइरालाले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्था अध्यक्ष   महेश आचार्यले  अध्यक्षको बार्षिक प्रतिबेदन एबम प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले संस्थालाई आजको दिन सम्म ल्याईपुर्याउन महत्वपुर्ण योगदान गर्ने ब्यक्तिहरुलाई उच्च सम्मान ब्यक्त गर्दै कोभिड र आर्थिक मन्दीर विश्व अर्थतन्त्र गिरावट तथा मुद्रास्फिर्तीको मार प्रत्यक्ष र परोक्ष असर परे पनि सो प्रतिकुल अवस्थामा पनि संस्थाले स्थायित्वको लागि असिम संघर्ष गर्दै अगाडी बढिरहेको जानकारी गराएका थिए ।  उनले निरन्तर रुपमा संचालन गर्न तथा सदस्यको सेवा प्रवाहमा कुनै कमि आउन नदिन सस्थाले सचेत ढंगले समयमा सेवा सुचारु गरि सेवालाइ निरन्तर रुपमा अगाडी बढाएको समेत जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्तोष शिवाकोटीले संचालक समितिको तर्फ बाट कोषाध्यक्षको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा एफ सी ए राजकुमार फुयालले स्वतन्त्र लेखापरीक्षकको प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा उत्कृष्ट बचत कर्ता ऋणी तथा उत्कृष्ट कर्मचारीहरु लगायतलाइ बिशेष सम्मान समेत गरिएको थियो।कार्यक्रमलाइ बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष   नवराज लामा,  बागमती प्रदेश बचत संघ लिमिटेडका सचिब गोबिन्द काफ्ले लगायतले शुभकामना मन्तब्य  सहित  आउदै गरेको चाडपर्वको शुभकामना समेत दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।