विचार र विकासलाई महत्त्व दिने तेन्जिङ ,संखुवासभामा स्वतन्त्र उम्मेद्वारी दिने तयारी
संखुवासभा जिल्लाको भोट्खोला गाउँपालिका अन्तर्गत च्याम्ताङ गाउँको छोरा तेन्जिङ भोटिया काठमाडौंमा एक प्रतिष्ठित माध्यमिक तह सम्मको विद्यालय संचालन गर्दै आएका एक युवा शैक्षिक व्यवसायी हुन ।
आफ्नो प्राथमिक शिक्षा मानेभञ्ज्याङ निम्न बुनियादी पाठ्शाला, दार्जीलिङ, भारत र माध्यमिक तहको शिक्षा पनि मानेभञ्ज्याङ माध्यमिक विद्यालय दार्जीलिङ, भारतमा नै अध्यन गरेका भोटियाले स्नातक भने हिमालयन युनिभर्सिटी, ईट्टानगर,अरुणाचल प्रदेश, भारत र स्नातकोत्तर सर्वपली राधाकृष्ण युनिभर्सिटी भोपाल, भारतमा अध्यन गरेका हुन।
थप अध्यन गर्ने सोच रहेको बताउने भोटियाले लामो समय गीत संगीत निर्देशन र कलाकारितामा बिताईसकेका छन भने वहाँले गीत गाउने र टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा समेत काम गरिसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्न सफल भएका भोटिया राजनैतिक सुदृढीकरणको एजेन्डा बोकेर राजनीतिमा समेत सक्रिय हुनुहुन्छ ।
बुवा ताकदुङ भोटिया र आमा लाजिओङ्मु भोटियाको एकमात्र सुपुत्र, आफ्नै बुवाले गर्न नसकेका अनेकन अपुरो काम पूरा गर्ने प्रयासमा देखिन्छ । बुवा तत्कालीन गाविस उपाध्यक्ष हुँदा, सानै उमेरमा बुबाको राजनीति देखेर राजनीतिका सकारात्मक र नकारात्मक पक्ष बुझिसकेका भोटिया राजनीतिलाई पेशा/व्यवसाय जसरी लिने प्रवृत्तिको खरो आलोचक समेत हुन ।
राजनैतिक अस्थिरताले गर्दा नै देशमा विकास हुन नसकेको, रोजगारी सृजना नभएको र अब्बल र सक्षम युवाहरु विदेशिनु परेको वहाँको भनाइ छ । राजनैतिक स्थिरता ल्याउन सके देशमा प्रचुर सम्भावनाहरु रहेको र युवालाई नै देश बनाउने अवसर मिले प्रसस्तै काम गर्न सकिने वहाँको बुझाई छ ।
नेपाललाई विकासको हिसाबले भर्जिन ल्याण्ड बताउने भोटिया नेपालमा भएको श्रोतहरु जस्तै पानी, जडिबुटी, पर्यटन र अर्गानिक उत्पादनलाई मात्र पनि व्यवस्थित गर्न सके आम जनताहरुलाई निशुल्क बिजुली, निशुल्क स्वस्थ बिमा, निशुल्क शिक्षा साथै नाबालक र बृद्धबृद्धालाई अवकाश पश्चात् राज्यले नै हेर्न सक्ने बताउछन ।
ईजरायल, सिङापुर जस्ता सानो मुलुकहरुले समेत सुरक्षा, सामाजिक रुपान्तरण र विश्वमा आफ्नो हैसियत, आफ्नै बलबुतामा बनाएको स्मरण गर्दै ठोस निर्णय गर्न सक्ने स्वाभिमानी र भ्रस्टाचार विरोधी नेता आए देशमा कायापलट गर्न सकिने बताउछन ।
भारत र चीन हाम्रो कम्जोरी होइन ती दुई विशाल देश त हाम्रो एड्बान्टेज हो भन्ने भोटिया अधिकतम हुने आयातलाई निरुत्साहित गर्दै स्वदेशी आन्दोलन गरि निर्यात गर्न सक्ने हैसियत बनाउनुपर्छ भन्छन ।
तपाइँको प्रतिक्रिया ।