काठमाण्डौ क्षेत्र नं ३ का समाजसेवी निरन्जन पुडासैनीले गरे स्वतन्त्र उम्मेद्वारी घोषणा

काठमाण्डौ क्षेत्र नं ३ का समाजसेवी निरन्जन पुडासैनीले गरे स्वतन्त्र उम्मेद्वारी घोषणा

कपन अनलाइन

काठमाडौँ, असोज ३।

काठमाण्डौ क्षेत्र नं ३ मा निरन्जन पुडासैनीले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन। क्षेत्र नं ३ का जनताहरुको बाक्लो उपस्थिति विच आफ्ना योजना तथा कार्यक्रमहरु सार्वजनिक गर्दै स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका पुडासैनीलाई क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईले पनि साथ दिएका थिए।

काठमाण्डौको नयाँबस्तीमा रहेको सर्वेश्वर महादेव मन्दिर नजिक दाजुभाई कटेजमा आयोजना गरिएको उम्मेद्वारी घोषणा कार्यक्रममा पुडासैनीले क्षेत्र नं ३ को पूर्वाधार ,सामाजिक र मानवीय विकासमा राजनीतिक दलबाट निर्वाचित भएका प्रतिनिधिहरुले कुनै पनि काम नगरेको भन्दै समग्र विकासका लागि आफुले स्वतन्त्र उम्मेद्वारी दिन लागेको बताएका थिए।

जनता र जनचासोका मुद्दाहरुलाई संसद र सरोकारवाला हरेक निकायमा कुनै पनि वाद र राजनीतिक दवाव बिन उठाउन अवको समयमा स्वतन्त्र उम्मेदवारको आवस्यकता रहेको भन्दै उनले काठमाण्डौ क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको बताएका छन।

काठमाण्डौ क्षेत्र नं ३ का धार्मिक र सांस्कृतिक सम्पदाको प्रवर्धन ,स्थानीय रुपमा उत्पादन हुने घरेलु मदिराको प्रवर्धन र कानुनी मान्यता , जगडोल सामुदायिक बन र पार्कको मौलिक विकास ,गोकर्ण देसे गाउँको परम्परा र संस्कृतिको संरक्षण जस्ता विषयहरु आफ्नो चुनावी मुद्दामा पर्ने बताउदै उनले क्षेत्रका १३ वटै वडामा पुगेर स्थानीयहरु संग अन्तरक्रिया गरे पश्चात उम्मेद्वारी घोषणा गरेको जानकारी दिएका थिए।

जनतालाई अफ्ट्यारो परेको समयमा जनप्रतिनिधि साथमा हुनुपर्नेमा काठमाण्डौ क्षेत्र नं ३ का प्रतिनिधि कोरोना प्रकोप ,प्राकृतिक विपत्ति र जनताको मुद्दा उठाउने संघर्षको समयमा औशीको चन्द्रमा जस्तै हराएको गुनासो जनताले गरेको हुनाले दलीय ब्यक्ति भन्दा सामाजिक अभियानमा सक्रिय रहेको ब्यक्तीको आवस्यकता महसुस गरेकोले स्वतन्त्र उम्मेद्वारी दिएको भन्दै पुडासैनीले सहयोगका लागि सबै क्षेत्रवासीमा अपिल समेत गरेका छन।

२०५७ साल देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहदै समाजसेवामा सक्रिय रहेका पुडासैनीले राजनीतिक दलहरु संकीर्ण दलीय स्वार्थमा रुमल्लिदा काठमाण्डौ क्षेत्र नं ३ मा भौतिक र सामाजिक विकास हुन् नसकेको भन्दै क्षेत्रको  विकासका लागि स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको जानकारी दिएका छन।

महेन्द्र बौद्ध मावीबाट प्रवेशिका परिक्षा पास गरेर भारतको श्री विवेकानन्द कलेज बाट आइ एस्सी गरेका पुडासैनीले २०६२ साल देखि पाटीटार युवा क्लवको अध्यक्षका रुपमा योगदान पुर्याएका थिए।

पाटीटार युवा क्लवको अध्यक्ष रहँदा खेलकुद ,निशुल्क ट्युसन कक्षा संचालन ,स्वास्थ्य सिविर जस्ता सामाजिक काम गरेर लोकप्रिय बनेका पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन।

ब्रिलियन्ट कलेजबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक र पशुपति बहुमुखी क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पुडासैनी देवी दत्त गुठी र पुडासैनी मैत्री समाजका महासचिव समेत हुन्।

हाल नमुना बौद्ध चेस क्लवका अध्यक्ष र सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सामाजिक विकास अधिकृतबाट राजिनामा दिएर चुनावी मैदानमा उत्रिएका पुडासैनीले बागमती सभ्यताको परिणाममुखी संरक्षण र क्षेत्रको समग्र विकासका लागि उम्मेद्वारी दिएको बताएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।