बौद्धनाथ क्षेत्र विकास समिति द्वारा आयोजित एक दिने कौशी तरकारी खेती प्रविधि तालिम सम्पन्न

बौद्धनाथ क्षेत्र विकास समिति द्वारा आयोजित एक दिने कौशी तरकारी खेती प्रविधि तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं भाद्र  २७ । बौद्धनाथ क्षेत्र विकास समितिले एक दिने कौशी तरकारी खेती प्रविधि तालिम सम्पन्न गरेको छ । आज बौद्धनाथ क्षेत्र विकास समितिको सभाहलमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्षता भएको उक्त तालिमको समन्वय बौद्धनाथ क्षेत्र विकास समितिको सदस्य जानुका भण्डारी श्रेष्ठले गरेकी थिइन ।

  काठमाडौं महानगरपालिका वडा नं ६ भित्रबसोबास गर्ने करिब ५० जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको सो तालिममा  प्रशिक्षक असोक कुमार भट्टराईले कौशी खेतीको महत्व, आवश्यकता, रेखदेख, , मल औषधिको प्रयोग, मल बनाउने लगायत माटो तयार गरी बीउ रोप्ने तरिकाका बारेमा जानकारी गराएका थिए ।

कौशी खेतीका लागि चाहिने आवश्यक सामान, सामानहरुको नाम, मल, बीउ, बिजन र तरिकाको समेत तालिममा जानकारी गराइएको थियो । तालिममा सहभागीहरुलाई बिउ बिजन मल लगायतका सामग्री समेत वितरण गरिएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बढ्दो शहरीकरणसंगै खेती योग्य जग्गा कम हुदै गएपछि कौशी खेतीलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम आयोजना गरेको जानकारी गराए ।

ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा तीब्र गतिमा भइरहेको बसाईसराईका कारणले गर्दा शहरी क्षेत्रहरुमा खेती गर्ने जमिनको अभाव भएकाले सबै किसिमका दैनिक उपभोग्य कृषि वस्तुहरु बजारबाट किनेर खानुपर्ने बाध्यता रहेको बताउदै त्यसमा पनि बढ्दो विषादीको प्रयोगले विशेषत महिला र बालबालिकाहरुको स्वास्थमा नकारात्मक प्रभाव परेको विभिन्न अध्ययनले पुष्टि गरेको  बताएका थिए ।

उनले काठमाडौंको मुख्य समस्याको रुपमा रहेको फोहोरलाइ न्यूनीकरण गर्नको लागिघर बाट निस्किएको  कुहिने फोहोरलाइ प्राङ्गारिक मल बनाई घरको छत, वरण्डा, कौसी, र घरका खाली जग्गाहरुको सदुपयोग गरी विभिन्न प्रकारका तरकारी र फलफुल बालीहरुको घरायसी उत्पादनलाई प्रवर्द्धन गर्दै हरित  नगर निर्माणमा योगदान पुर्याउनु कार्यक्रमको मुख्य  उद्देश्य  रहेको बताए। उनले तालिम बाट सिकेको ज्ञानलाइ सदुपयोग गरि कौशी खेति गर्न र अरुलाई समेत सिकाउन अनुरोध गरेका थिए । कार्यक्रममा नयाँ पिपुल्स पार्टीका अध्यक्ष दिनेश खनालको समेत सहभागिता रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।