बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अनाधिकृत संरचनामा डोजर लगाउन थालियो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २७।

बुढानीलकण्ठ नगरपालिकाको वडा नं ४  मा सार्वजनिक जग्गा मिचेर बनेका संरचना हटाउने अभियान सुरु भएको छ।

सोमबार वडाध्यक्ष श्रीराम केसीको नेतृत्वमा गएको नगरप्रहरीको टोलीले वडा नं ४ को कार्यालय रहेको क्षेत्रमा बनेका  अवैध संरचनामाथि डोजर चलाएको हो।

सो क्रममा केही संरचना भत्काइएको थियो भने केही संरचनामा रातो चिह्न लगाएर आफैं भत्काउनको लागि ३५ दिने  अल्टिमेटम दिइएको छ । ३५ दिने सार्वजनिक सूचना जारी गरेर घरधनीलाई ती संरचना भत्काउन आग्रह गर्दै  अन्यथा भएमा नगरपालिकाले संरचना भत्काइदिने चेतावनी समेत दिइएको छ ।

सार्वजनिक जग्गामाथिको अतिक्रमणविरुद्धको सुरुवाती कारबाही रहेको जानकारी दिदै वडा अध्यक्ष केसीले  अब वडाभित्रका सबै क्षेत्रमा नक्सा हेरेर अतिक्रमण गरिएका संरचना भत्काउन थालिने जानकारी दिएका छन।

केसीले जारी गरेको सूचनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रमा उल्लेख भए अनुसार प्रतिवेदन पठाउने सम्बन्धमा अध्ययन गर्दा  वडाको कित्ता नं १२६ को नेपाल सरकारको नाममा रहेको जग्गा हाल रेखांकन गर्दा व्यक्तिको नाममा पर्न गएकोले ले ३५ दिनभित्र सो जग्गामा पर्ने संरचना भत्काउन आग्रह गरिएको उल्लेख  छ।

तपाइँको प्रतिक्रिया ।