गिरीजाप्रसाद काेइराला फाउन्डेसन काडमाडाै क्षेत्र नं ४ “ख”को नयाँ कार्यसमिति चयन
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २५ ।
गिरीजाप्रसाद काेइराला फाउन्डेसन काडमाडाैँ क्षेत्र नं ४ ख मा नयाँ नेतृत्वकाे कार्य समिति चयन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बधाइ तथा शुभकामना दिएको कार्यक्रममा नवराज खनालकाे नेतृत्वमा बनेकाे नयाँ कार्य समिति चयन गरिएको हो
फाउण्डेसनकाे काठमाडाैँ क्षेत्र नं ४ ख प्रदेश उपाध्यक्षमा शर्मिला गाैतम , सचिव पदमा राज श्रेष्ठ, सहसचिवमा राजु कार्की, काेषाध्यक्षमा ज्ञानुमाया श्रेष्ठ चयन भएका छन भने सदस्यहरूमा राम खड्का, सहकुल कार्की, सुमन खड्का, रजनी श्रेष्ठ, सावित्री थापा, विकास श्रेष्ठ, सुनिता श्रेष्ठ, अर्चना खतिवडा, किरण गुरूङ र चन्द्रकला राइ रहेका छन् ।
सो अवसरमा स्व. विपी काेइरालाकाे १०९ औँ जन्मजयन्तिकाे अवसर पारेर आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।