वि लभ यु फाउन्डेसनले गर्यो चुनिखेल धोबीखोला नदि किनार सरसफाइ 

वि लभ यु फाउन्डेसनले गर्यो चुनिखेल धोबीखोला नदि किनार सरसफाइ 

कपन अनलाइन

काठमाडौँ, भाद्र १५ । वृहत विश्वव्यापी सरसफाइ अभियान अन्तर्गत वि लभ यु फाउन्डेसनले धोबीखोला नदि किनार सरसफाइ गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को  चुनिखेल सहित जन उद्दार माध्यमिक बिध्यालयमा एक कार्यक्रमका बीच उक्त क्षेत्र सरसफाईको शुभारम्भ गरिएको हो ।

वि लभ यु फाउन्डेसनले गत बैशाख २५ गते  गोकर्णेश्वर तथा कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्र पर्ने ओख्रेनी माध्यामिक विद्यालय, सहिद पार्क, सुन्दरीजल क्षेत्रबाट वृहत विश्वव्यापी सरसफाइ अभियानको शुभारम्भ गरेको थियो त्यसैको निरन्तरता स्वरूप आज धोबीखोला नदि किनार सरसफाइ गरेको हो   ।  परराष्ट्रविद तथा  नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा शुरु भएको सरसफाई कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी ,बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी उप प्रमुख अनिता लामा,पूर्व नगर प्रमुख एबम नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य उद्दब खरेल , पुर्व कार्यपालिका सदस्य एबम नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य  संगम गहतराज, नेकपा एमाले  जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का नेकपा एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल सचिव श्रीकृष्ण श्रेष्ठ, वडा नं १० का अध्यक्ष एबम राष्ट्रिय परिषद सदस्य नवराज भट्टराई, वडा नं १३का वडा अध्यक्ष टिकेश श्रेष्ठ  लगायत स्थानीय र  फाउन्डेसनका करिब  एक हजार  स्वयंसेवक  सदस्यहरुको  सहभागिता रहेको  थियो   ।

फाउन्डेसनका अध्यक्ष सोभाकर शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रमका संयोजक रघु थापाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । बिगतमा पनि यस सन्स्थाले भुकम्पको बेलामा राहत बितरण, उद्धार कार्य, पुननिर्माण, स्वास्थ सामग्रि बितरण लगाएत नेपालका बिभिन्न जिल्लामा आमाको स्कुल समेत(Mother School) निर्माण गरेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले आयोजकलाइ धन्यवाद दिदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक संदेश दिने बताए । फोहर नदीमा फाल्ने बानीलाइ निरुत्साहित गर्नुपर्नेमा जोड दिदै सरसफाई लगायत अन्य  कार्यमा वि लभ यु फाउन्डेसन संग  नगरपालिका सहकार्य गर्न तत्पर रहेको पनि बताएका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि परराष्ट्रविद तथा  नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले आयोजकलाइ धन्यवाद दिदै प्रदूषणका कारण  अनेकन समस्या देखिएको बताउदै त्यसको न्यूनीकरणका लागि  स सानो प्रयास पनि उपलब्धिमुलक हुने बताए । उनले उक्त अभियानलाइ निरन्तरता दिनुपर्नेमा जोड दिदै त्यसमा आफ्नो साथ रहने बताएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।