काठमाण्डौ क्षेत्र नं ३ (१) को चुनावी मैदानमा उत्रिने छिरिङदोर्जे लामाको तयारी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १४।

नेपाली कांग्रेस बागमती प्रदेस संसदीय दलका सचेतक छिरिङ दोर्जे लामाले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन।

नेपाली कांग्रेस बागमती प्रदेस समिती सदस्य रहेका लामा २०७४ सालको निर्वाचनमा  काठमाण्डौ क्षेत्र नं ३ (१) बाट प्रदेस सभा सदस्यमा निर्वाचित भएका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ६ र गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ र ९ रहेको काठमाण्डौ क्षेत्र नं ३ (१)  को पूर्वाधार र सामाजिक विकासमा सक्रिय रहेका लामा प्रदेस सभामा पनि प्रभावकारी भूमिका खेलेका सांसद हुन।

लामो समय विद्यार्थी राजनीतिमा योगदान पुर्याएका लामा २०७४ सालमा  बामगठबन्धन बनेको कठिन समयमा पनि ६४४८ मत सहित विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रुद्र बराइलीले ५३३५ मत प्राप्त गरेका थिए।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।

निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रका तिन वटै वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए। तिन वडामा निर्वाचित वडा अध्यक्षहरुले कुल ६३४१ मत प्राप्त गरेका थिए।त्यस्तै सो निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारहरुले कुल ३७२६ मत प्राप्त गरेका थिए। वडा अध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतमा नेपाली कांग्रेस २६१५ मत अन्तरले नेकपा एमाले भन्दा अगाडी रहेको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ३ (१ ) मा नेकपा माओवादी केन्द्रको कुल मत ७७७ रहेको छ भने   नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले कुल ६१९  रहेको छ।

२०७४ सालको प्रदेस सभा निर्वाचनमा नेपाली कांग्रेसले जितेको सो निर्वाचन क्षेत्रका तिन वडामा राप्रपाका उम्मेदवारहरुले ६३३ मत प्राप्त गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।