काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एसका ६ जनाको नाम सिफारिस ,प्रदेस क्षेत्र २ मा ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

नेकपा एकीकृत सामाजवादीले काठमाण्डौ क्षेत्र नं ४ (१ ) को प्रदेस सभा सदस्य उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरेको छ। नेकपा एस काठमाण्डौ क्षेत्र नं ४ को बैठकले मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको हो।

नेकपा एस काठमाण्डौ जिल्ला सचिव तथा क्षेत्रीय संयोजक ध्रुबराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दुई रास्ट्रिय परिषद सदस्य ,तिन जिल्ला कमिटी सदस्य र महानगर उपाध्यक्षको नाम प्रदेस सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) को प्रदेस सभा सदस्य उम्मेदवारका लागि रास्ट्रिय परिषद सदस्य धरणीधर अधिकारी , रास्ट्रिय परिषद सदस्य तथा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा पराजित सुद्ध डंगोल ,जिल्ला कमिटी सदस्यहरु दुर्गा मिश्र , राधा दाहाल,मिलन खरेल र  महानगर उपाध्यक्ष  विष्णु खतिवडाको नाम सिफारिस गरिएको छ।

त्यस्तै  काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा कुसुम कुमार कार्कीको मात्र नाम सिफारिस गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।