ओखलढुंगा एमालेमा चासोको प्रश्न, “अम्बिरबाबु गुरुङ प्रतिनिधि सभा की प्रदेसमा?”

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भाद्र २२ गते सम्म उम्मेदवार सिफारिस गर्न निर्देशन गरे संगै ओखलढुंगा जिल्लामा अपनी सम्भावित उम्मेदवार र आकांक्षीहरुका वारेमा चर्चा परिचर्चा सुरु भएको छ।

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको ओखलढुंगा जिल्लाका एमाले नेताहरुको वारेमा पनि चर्चा परिचर्चा सुरु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य किशोर अधिकारीले पार्टी कमिटीको एक बैठकमा आफु प्रदेस सभामा उम्मेदवार नबन्ने संकेत गरेपछि तातेको ओखलढुंगा एमालेको राजनीतिमा तेश्रो इनिङका लागि उत्रिने सांसद यज्ञराज सुनुवारको संकेत संगै निकै गर्माएको छ।

नेकपा एमाले ओखलढुंगाका दुई पुर्व प्रमुखहरुले चुनावी मैदानमा ओर्लिन सक्ने संकेत गरिसक्दा पनि जिल्लाका प्रभावशाली नेता अम्बिरबाबु गुरुङ भने मौन देखिएका छन।

नेकपा एमाले ओखलढुंगाको जिल्ला अधिवेसनमा जिल्ला कमिटीमा निकै राम्रो पकड जमाएका गुरुङको मौनताले सम्भावित उम्मेदवारको बहसलाई अन्यौल संगै रोमान्चक बनाएको एक जिल्ला कमिटी सदस्यले बताएका छन।

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला कमिटीले उम्मेदवार सिफारिस गर्ने केन्द्रीय कमिटीको निर्देशन संगै ओखलढुंगा एमालेका नेताहरु आन्तरिक छलफलमा जुटे पनि बाहिर कसैले अहिले सम्म नबोलेको बताउदै ति सदस्यले चाडै नै औपचारिक छलफल हुने जानकारी दिएका छन।

प्रदेस नं १ का पुर्व भौतिक पूर्वाधार विकास मन्त्रि रहेका गुरुङ २०७४ सालको प्रदेस सभा निर्वाचनमा ओखलढुंगा (१ ) बाट निर्वाचित बनेका थिए।

२०६४ र २०७४  निर्वाचनमा ओखलढुंगा जिल्लाका सबै निर्वाचनमा कम्युनिस्टहरुले विजय हाशिल गरेको ओखलढुंगा जिल्लाका ८ स्थानीय तह मध्ये एकमा मात्र प्रमुख पद जितेको २०७९ सालको स्थानीय तहको निर्वाचन पछी हुन् लागेको प्रतिनिधि सभा र प्रदेस निर्वाचनमा नेकपा एमालेका वारेमा विभिन्न आँकलन र विश्लेषण विच यो प्रश्न अहिले सार्वाधिक चासोको प्रश्न रहेको छ।र त्यो प्रश्न हो  “अम्बिरबाबु गुरुङ प्रतिनिधि सभा के प्रदेसमा?”

तपाइँको प्रतिक्रिया ।