काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेपाली कांग्रेसका चार नेताको चर्चा
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।
नेपाल सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरे संगै नेपाली कांग्रेस बाट काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा पनि सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धनको अभ्यास सुरु भए संगै प्रदेस क्षेत्रमा पनि राजनीतिक चलखेल र गतिविधि निकै तीव्र भएको छ। यस निर्वाचन क्षेत्रको प्रदेस सभा २ मा गठबन्धनको संयुक्त बैठक बसेर निर्वाचन गतिविधि सुरु भएको अवस्थामा प्रदेस क्षेत्र नं १ मा पनि निर्वाचन केन्द्रित गतिविधिले तीव्रता पाएको छ।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा गठबन्धनका तर्फबाट नेकपा एसका कुसुम कुमार कार्की उम्मेदवार बन्ने हल्ला चलिरहेको समयमा प्रदेस क्षेत्र नं १ मा नेपाली कांग्रेसका विभिन्न नेताहरु आन्तरिक छलफल र परामर्शमा निकै व्यस्त देखिएका छन।
२०७४ सालको प्रदेस सभा निर्वाचनमा जितेको र स्थानीय तहको निर्वाचनमा २०७९ मा पनि निकै सुधार भएको अवस्थामा सहज जित निकाल्न सकिने विश्लेषण सहित काठमाण्डौ क्षेत्र नं ४ (१ ) का स्थानीय नेताहरु निकै सक्रिय भएका छन।
काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेपाली कांग्रेसका चार जना नेताहरु उम्मेद्वारी दौडमा सक्रिय बनेको चर्चा क्षेत्रमा व्यापक रुपमा चलेको छ। काठमाण्डौ महानगरपालिकाका चार वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्य देखि क्षेत्रीय सभापति सम्म उम्मेद्वारी दौडमा देखिएपछी राजनीतिक माहोल निकै रोचक बनेको छ।
यस प्रदेस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा बागमती प्रदेस संसदीय दलकी मुख्य सचेतक राधा घले प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने चर्चाले राजनीतिक माहोल तातेको छ। लामो समय देखि नेपाली कांग्रेसका विभिन्न संघ संगठन र जिम्मेवारीमा रहेकी घले भर्खरै केन्द्रीय सदस्यमा मनोनित भएकी थिइन्।
त्यस्तै २०७४ सालको प्रदेस सभा निर्वाचनमा विजयी बनेका नरोत्तम बैद्य पनि काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेपाली कांग्रेसका तर्फबाट सम्भावित दावेदारका रुपमा रहेका छन। बागमती प्रदेस सभामा विभिन्न विवादित अभिव्यक्तिका कारण चर्चित बनेका बैध सो क्षेत्रको सामाजिक र राजनीतिक वृतमा परिचित नाम हो।
यसै गरी नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि श्रीराम लामिछाने पनि यस पटकको प्रदेस सभा निर्वाचनमा दावेदारका रुपमा रहेका छन। काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसको संगठन र नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामिछाने विभिन्न सामाजिक अभियान संग पनि जोडिएका छन।
नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सभापति श्यामकृष्ण संगत पनि प्रदेस सभा निर्वाचनमा स्वाभाविक दावेदार देखिएका छन। काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका विभिन्न जिम्मेवारी बहन गरेका संगतले अहिले निर्वाचन केन्द्रित अभियान संचालन गरिरहेका छन।