कुशे औंसीको दिन गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने मेला व्यवस्थापनका लागि छलफल
कपन अनलाइन
काठमाडौं भाद्र ७ ।
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने मेला व्यवस्थापनका लागि छलफल भएको छ ।
आज गोकर्णेश्वर महादेव मन्दिर प्रबन्ध समितिको आयोजना तथा गोकर्णेश्वर महादेव मन्दिर प्रबन्ध समितिका अध्यक्ष एबम वडा नं ४ का वडा अध्यक्ष जयराम महतको अध्यक्षतामा भएको सो छलफलमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल,वडा सदस्य सुमन लामा, सुनिता परियार,पुर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ , प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक रमेश प्रसाद पाण्डे, अत्तरखेल युवा समाजका अध्यक्ष दिनेश राइ, गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियार, तालिन्चोक युवा क्लब का अध्यक्ष श्याम श्रेष्ठ , गोकर्णेश्वर महादेव मन्दिर प्रबन्ध समितिका इश्वर पाण्डे, निसानका अध्यक्ष सौर्यनाथ आचार्य सामुदायिक प्रहरी विभिन्न संघ संस्थाका पदाधिकारी लगायत सरोकारवाला र स्थानीयको उपस्थितिमा भएको उक्त छलफलले मेला व्यवस्थापन उपसमिति गठन गरेको छ।
जसमा आर्थिक व्यवस्थापन, बजार व्यवस्थापन,यातायात ट्राफिक व्यवस्थापन, सुरक्षा तथा विपद व्यवस्थापन सरसफाई खोज तलास,स्वयंसेवक परिचालन खाना खाजा व्यवस्थापन, स्वास्थ्य, प्रचार प्रसार लगायतका बिषयमा छलफल गरिएको थियो ।
मेलालाइ व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक रहेको वडा अध्यक्ष जयराम महतले अनुरोध गरेका छन ।