“किशुन जी” को आशिर्वाद लिएर ओखलढुंगा तिर रामहरी खतिवडा …..

“किशुन जी” को आशिर्वाद लिएर ओखलढुंगा तिर रामहरी खतिवडा …..

कपन अनलाइन
काठमाडौं, भदौ २।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले ललितपुरमा रहेको पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्दै  “किशुन जी” को आशिर्वाद लिएर चुनावी अभियानमा होमिएको बताएका छन।

मंगसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचन आउन ९१ दिन बाँकी रहेको समयमा आफ्ना राजनीतिक गुरु तथा अभिभावक भट्टराईको आश्रममा पुगेर आशिर्वाद लिएका खतिवडाले अवको आफ्नो सम्पूर्ण ध्यान ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसको बिरासत फर्काउने तर्फ केन्द्रीत हुने कपन अनलाइनलाई बताएका छन।

२०७४ सालको निर्वाचनमा ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहेका खतिवडाले स्थानीय तहमा पाएको सानदार नतिजालाई प्रतिनिधि र प्रदेस सभा निर्वाचनमा पनि कायम राख्ने गरि अभियान संचालन गर्ने उर्जा र प्रेरणा लिन ललितपुर बाडेगाउँ  आश्रममा पुगेर आशिर्वाद लिएको बताएका छन।

आफु प्रवेशिका पछी  ओखलढुंगाबाट काठमाण्डौ आएर टेलिफोन डाइरेकट्री बेच्न नेपाली कांग्रेसको पार्टी कार्यालय जाँदा भेटिएका कृष्ण प्रसाद भट्टराईको सानिध्य र सम्पर्कमा रहेर आफुले धेरै कुरा सिकेको स्मरण गर्दै खतिवडाले आफु हारेर देश जिताउने भट्टराईको व्यक्तित्व तिलस्मी रहेको बताएका छन।

नेपाली राजनीतिमा शहिदहरुको भूमिका रुपमा चिनिने ओखलढुंगा जिल्ला आन्तरिक कलहका कारण कांग्रेसको उर्बर भुमि बाट लालकिल्लामा परिणत भएसंगै अत्तालिएको कांग्रेसलाई पुन लयमा फर्काउने अभियान सुरु गरेका खतिवडा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्ने प्रवल सम्भावना रहेको चर्चा जिल्लाको राजनीतिमा व्यापक बनेको छ।

तपाइँको प्रतिक्रिया ।