कलंकीको खसी बजार हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन

कलंकीको  खसी बजार हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन

कपन अनलाइन
काठमाडौं, भदौ २।

काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।

वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको छ।खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ।

सूचना :

तपाइँको प्रतिक्रिया ।