काठमाण्डौ क्षेत्र नं ४ का १० वडामा नेपाल लाेकतान्त्रिक खेलकुद संघका संयोजक चयन ,को को बने ?
कपन अनलाइन
काठमाण्डौ,भाद्र १।
नेपाली काँग्रेसले हालै भातृ संस्थाकाे मान्यता दिएकाे नेपाल लाेकतान्त्रिक खेलकुद संघले काठमाण्डौ क्षेत्र नं ४ का १२ वडामा संयोजक चयन गरेको छ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाकाे प्रमुख आतिथ्यताक्षेत्र नं ४ का १० वटा वडाहरुकाे इकाइ संयाेजकचयन तथा प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल लाेकतान्त्रिक खेलकुद संघ बाग्मती अध्यक्ष दीपक गुरुङले गरेका थिए।
नेपाली काँग्रेस वाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठ, केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश नेका संसदीय दल प्रमुख सचेतक राधा घले,पूर्वराज्यमन्त्रि याङकिला शेर्पा , जिल्ला समिति काठमाण्डौका सचिव इन्द्र बहादुर थापा , प्रदेस सभा सदस्य नराेत्तम बैद्य, क्षेत्रीय सभापति श्यामकृष्ण संगत, लाेकतान्त्रि संघ बुनपा नगर संयाेजक दिनेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
को को बने संयोजक ?
बुढानिलकण्ठ – १ : अर्जुन लामा
बुढानिलकण्ठ – २ : ललिता अधिकारी,
बुढानिलकण्ठ – ८ :अशाेक श्रेष्ठ
बुढानिलकण्ठ – १० : मनिष थापा
बुढानिलकण्ठ – ११ : उज्ज्वल तामाङ
बुढानिलकण्ठ – १ २ : मनिषा रानाभाट
बुढानिलकण्ठ – १३ : रामलाल श्रेष्ठ
कामनपा १ : राजकृष्ण महर्जन
कामनपा ८ : हरिकृष्ण राजभण्डारी
कामनपा ३० : सुदर्शन खड्का
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ र काठमाण्डौ महानगरपालिका वडा नं ७ मा पछी संयोजक चयन हुने आयोजकले जानकारी दिएको छ।