काठमााडौं क्षेत्र नं. ३ (२ )मा नेपाली कांग्रेसका काठमाडौं जिल्ला सचिव गोबिन्द पुडासैनीको चर्चा
कपन अनलाइन
काठमाडौं, भाद्र १ ।
नेपाल सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरे संगै नेपाली कांग्रेस बाट काठमाण्डौ क्षेत्र नं ३ (२ ) मा पनि सम्भावित उम्मेदवारहरुका बारेमा चर्चा सुरु भएको छ ।
नेपाली कांग्रेस बाट काठमाडौं जिल्ला सचिब गोबिन्द हरि पुडासैनीले यसपटक काठमााडौं क्षेत्र नं. ३ (२ ) को बागमती प्रदेश सभा सदस्यको उम्मेदवार पदमा उम्मेदवारी दिने चर्चा चलेको छ ।
लामो समय नेपाली कांग्रेसको बिभिन्न कार्यसमितिमा रहेर काम गरिसकेका पुडासैनी काठमाडौं जिल्लाको कोषाध्यक्ष हुदै हाल काठमाडौं जिल्ला सचिब रहेका छन ।
पुडासैनीले यस पटकको प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि आन्तरिक छलफललाई तीव्र बनाएको उनि निकट श्रोतले जानकारी दिएको छ। पुडासैनीले लामो समय देखि पार्टीमा पुर्याएको योगदानको कदर गर्दै पार्टीले योग्य ठानेमा प्रदेश सभा सदस्य उम्मेदवार बन्ने चहाना राखेको बताएका छन ।