लायन्स तथा लियो क्लब अफ काठमाडौं डाँफेको नियमित रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, साउन २९ । सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स तथा लियो क्लब अफ काठमाडौं डाँफेको नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिवार नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा भक्तपुरको प्रविधिक सहयोगमा जोरपाटी चोकमा बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म चलेको कार्यक्रममा ४८ जना रक्तदाताहरुले रक्तदान गरेको लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ डीका क्याबिनेट सेक्रेटरी लायन महेश आचार्यले जानकारी गराए । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित लायन्स तथा लियो क्लब अफ काठमाडौं डाँफेले प्रत्येक तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
छोटो समयको तयारी तथा बिभिन्न स्वास्थ्य तथा अन्य कारणले गर्दा जम्मा ४८ जनाले रक्तदान गरेको बताउदै रक्तदान गर्न इच्छुक ब्यक्तिले समेत रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन । कार्यक्रममा लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ डी डिस्ट्रिक गभर्नर लायन बिष्णुभाइ श्रेष्ठ, फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा, वडा सदस्य लायन बच्चुराम शर्मा कुइकेल लगायत लायन्स लिडरहरुको साथै आयोजक संस्थाका पदाधीकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो ।