कसले बुझिदिने टिका पराजुलीको “टेन्सन” ?
कपन अनलाइन
काठमाण्डौ ,साउन २६।
प्रदेस सभा निर्वाचनको मिति घोषणा भएपछी काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा पनि राजनीतिक जोड घटाउ सुरु भएको छ।
हरेक निर्वाचनमा निकै चर्चामा रहने काठमाण्डौ क्षेत्र नं ४ को प्रदेस सभा क्षेत्रमा स्थानीय तहको मत परिणाम पछी राजनीतिक जोड घटाउ र सम्भावित दावेदारहरुको दौड सुरु भैसकेको छ ।
काठमाण्डौ महानगरपालिकाका ४ वटा वडाहरु रहेको प्रदेस सभा क्षेत्रमा पनि स्थानीय तहको निर्वाचनको परिणाम पछी आगामी प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनको बहस सुरु भएको हो।
मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा उम्मेदवार बन्न सक्ने सम्भावित दावेदारका रुपमा देखिएका नेकपा एमालेका नेताहरुले पनि आन्तरिक छलफल र परामर्लाई निकै व्यापक बनाएका छन।
काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा सुरु भएको सम्भावित उम्मेदवारहरुको बहस संगै जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय सचिव टिका पराजुलीको पनि चर्चा सुरु भएको छ।
लामो समय देखि राजनीतिलाई मूल काम बनाएर काठमाण्डौ महानगरपालिका वडा नं ७ र काठमाण्डौ क्षेत्र नं ४ मा सक्रिय रहेका पराजुली पटक पटक आस्वासन पाएर पनि अन्तिम समयमा अवसरबाट बन्चित बनाइएका नेता रहेकोले यस पटक उम्मेदवार बन्ने सम्भावना रहेको क्षेत्रीय कमिटीका एक सदस्यले बताएका छन।
कसले बुझिदिने टिका पराजुलीको “टेन्सन” ? भन्ने प्रश्न गर्दै ति सदस्यले नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सचिव समेत रहेका पराजुली प्रदेस सभा सदस्यमा दरिलो दावी गर्ने सम्भावना रहेको बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेपाली कांग्रेस बलियो देखिएको छ।काठमाण्डौ महानगरपालिका वडा नं १,७,८ र ३० मा मध्ये ३ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन भने १ वडामा नेकपा एमाले विजयी बनेको छ ।
वडा नं ७,८ र ३० मा वडा अध्यक्ष जितेको नेपाली कांग्रेसका वडा अध्यक्षले कुल ७०८३ मत प्राप्त गरेका छन भने नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारले ५०९२ मत प्राप्त गरेका छन। यस प्रदेस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले विचको मत अन्तर १,९९१ रहेको छ ।
निर्वाचन आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १३०० मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले २६४ मत प्राप्त गरेको छ।