बुढानिलकण्ठ -तारेभिर सडकको बिजोग : चरम सास्ती भोग्दै तारेभिरवासी
कपन अनलाइन
काठमाण्डौ ,साउन २३।
बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिका जोड्ने पन्चकन्या -बदेली -तारेभिर सडकको जिर्ण अवस्थाका कारण तारेभिरवासी स्थानीयहरु चरम सास्ती बोग्न बाध्य भएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ र गोकर्णेश्वर नगरपालिका वडा नं ३ जोड्ने पन्चकन्या-श्यालमती सडक वर्षाका कारण जिर्ण बने संगै दैनिक आवतजावत गर्ने सयौ स्थानीयहरु पिडित बनेका छन।
अविरल वर्षाका कारण सडकको अवस्था निकै बिग्रिए पनि सम्बन्धित पक्षबाट कुनै चासो ब्यक्त नगरिएकोले निकै कठिन अवस्था भोग्नु परेको बताउदै एक स्थानीयले दैनिक विद्यालय /क्याम्पस जाने विद्यार्थी,पेसा व्यवसायमा जाने व्यक्तिहरु र विभिन्न कामका लागि आवतजावत गर्ने स्थानीयहरुले अति भएपछी आन्दोलनको तयारी गरिरहेको जानकारी दिएका छन।
बेहाल सडकका कारण आपतकालीन सेवा समेतबाट तारेभिरका स्थानीयहरु बन्चित हुनुपरेकोमा आक्रोस व्यक्त गर्दै ति एक स्थानीय युवाले कुनै ठुलो अप्रिय घटना भएमा कसले जिम्मेवारी लिने ? भन्दै प्रश्न गरेका छन।