Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/07/DSC_9663-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/07/DSC_9679-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ नगरपालिकामा दोस्रो डब्लु बि सी मुवा थाई राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ, साउन १२ । बुढानिलकण्ठ नगरपालिकामा दोस्रो डब्लु बि सी राष्ट्रिय च्याम्पियन प्रतियोगिता हुने भएको छ । बूढानीलकण्ठ वडा नं ०५ डाँडागाउँमा मुवाथाई खेलको विकास एवं खेल संस्कारको प्रवर्धन गर्दै खेलाडिलाई प्रशिक्षण गरी शिप प्रस्फुटन गर्दै प्रतिभावान  खेलाडी उत्पादन गर्ने उदेश्यका साथ स्थापना भएको ‘डब्लु.बि.सि. मुवाथाई नेपालले गल्फुटार स्थित अमुप्रस्थ व्याङ्कवेटमा श्रावण १४ गते  प्रतियोगिता सञ्चालन गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गर्दै शनिवार ११ बजे बाट सुरु हुने उक्त प्रतियोगितामा ‘मेन ईभेन्ट’ , ‘को-मेन ईभेन्ट’ सहित अन्य ४ वटा फाईटहरु सञ्चालन हुने  आयोजकले जानकारी गराएको छ  ।

“Fight to Empower Women” भन्ने मुल नारा सहित महिला सशक्तीकरणर जागरुकताकालाई विशेष प्राथमिकतामा राखि खेल सञ्चालन हुन लागेको अध्यक्ष राजु राईले जानकारी गराए । यसपटकको ‘मेन ईभेन्ट’ पनि महिला समुहबाटै तेजि गुरुङ र करिस्मा कार्की  विच रहेको छ । मेन ईभेन्ट फाईटका बिजेतालाई डब्लु.बि.सि.च्याम्पियनशिप बेल्ट, मेडल र नगद ८० हजार सहित सम्मान गरिने राईले जानकारी गराउदै  उप-विजेताले २४ हजार सहित मेडल पाउने व्यवस्था गरिएको जानकारी गराए  ।यस्तै ‘को-मेन ईभेन्ट’ मा सन्तोष खत्रि र सोनाम छिरिङ शेर्पा भिड्नेछन् । सो ईभेन्टका विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार सहित मेडल पाउने छन् ।

साथै ‘लिड कार्ड फाईट’ खेलहरुमा सुस्मिता तामाङ V.S सुरक्षा, बुरथोङ राई V.S. आयुश कायस्था वडाकाजि कमल थापा V.S. करण थापा, ग्यानेन्द्र सिंह V.S. शिरिष भुजु रहेका छन् । ‘लिड कार्ड फाईट’ का विजेताले नगद २० हजार पाउने छन् भने उपविजेताले १० हजार पाउने छन् ।डब्लु.बि.सि. (WBC) मुवा थाई नेपालले खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि तयारी गरिरहेको सचिव दिपक तामाङले जानकारी गराए । सो प्रतियोगिता पनि सोहि तयारीको एक महत्वपुर्ण  शृङ्खला रहेको उनको भनाइ रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।