लागुपदार्थ सेवन गरेर सवारी चलाउने विरुद्ध परिक्षण अभियान सुरु

कपन अनलाइन

काठमाण्डौ ,साउन ११।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ९ गते बाट सवारी चालकले लागु पदार्थ प्रयोग गरे /नगरेको परिक्षण सुरु गरेको छ।

कार्यालयले  विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको हो ।उक्त अभियान निरन्तर संचालन गरिने ।

साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोक स्थित नयाँबसपार्कमा बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थि बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको  छ ।

तपाइँको प्रतिक्रिया ।