काठमाण्डौ क्षेत्र नं ४ ( २ ) मा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,साउन ८।

प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति घोषणा हुने चर्चा चलिरहेको समयमा अहिले राजनीतिक जोड घटाउ सुरु भएको छ।

हरेक निर्वाचनमा निकै चर्चामा रहने  काठमाण्डौ क्षेत्र नं ४ को प्रदेस सभा क्षेत्रमा पनि अहिले स्थानीय तहको मत परिणाम पछी राजनीतिक जोड घटाउ र बहसहरु सुरु भएका छन।

बुढानिलकण्ठ नगरपालिका ८ वटा वडाहरु रहेको प्रदेस सभा क्षेत्रमा पनि स्थानीय तहको निर्वाचनको परिणाम पछी आगामी प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनको चर्चा परिचर्चा सुरु भएको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,२ ,८ ,९ ,१० ,११ ,१२ र १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका २८ जना जनप्रतिनिधि विजयी बनेका थिए।

कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका ८ वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै २०७४ सालको निर्वाचनमा रहेको सुन्य शंख्यामा सुधार गरेर  १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार हरुले ८,६८० मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले पाप्त गरेको मतमा नेकपा एमालेले  २,७३५ मत बढी प्राप्त गरेको छ।

निर्वाचन  आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० मत प्राप्त गरेको छ।

रास्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवारले ७५९ मत प्राप्त गरेको काठमाण्डौ क्षेत्र नं ४ (२) मा उम्मेदवार बन्न चाहाने आकांक्षीहरुको सलबलाहट र चलखेल बढिरहेको अवस्थामा राजनीतिक गतिविधिहरु पनि निकै बाक्लिदै गएको एक बुद्दिजीवी बताउछन।

आन्तरिक रुपमा जतिनै कुदाकुद गरे पनि यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले खोजेका र रोजेका नै उम्मेदवार हुने धारणा राख्दै ति बुद्दिजिविले धेरै स्वतन्त्र उम्मेदवारहरु पनि बढ्ने संकेत देखिएको बताएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।