काठमाण्डौ क्षेत्र नं ४ मा को बलियो ?

काठमाण्डौ क्षेत्र नं ४ मा को बलियो ?

कपन अनलाइन
काठमाडौं, साउन ४।

प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको मिति घोषणा हुने चर्चा चलिरहेको समयमा अहिले राजनीतिक जोड घटाउ सुरु भएको छ। काठमाण्डौ क्षेत्र नं ४ मा पनि अहिले स्थानीय तहको मत परिणाम पछी राजनीतिक जोड घटाउ र आंकलनहरु सुरु भएका छन।

हरेक निर्वाचनमा निकै चर्चामा रहने काठमाण्डौ क्षेत्र नं ४ मा कुन पार्टी बलियो ? भन्ने बहस स्थानीय तहको निर्वाचन पछी निकै पेचिलो र सार्वाधिक चासोको विषय बनेको छ।

कुनै ठुलै फेरबदल र राजनीतिक परिघटना नभएमा २०७४ सालको निर्वाचनमा झैँ यस पटक पनि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई नै मैदानमा उत्रिने प्रवल सम्भावना रहेको काठमाण्डौ क्षेत्र नं ४ मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।

२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ७४४ मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ का ९ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १६५०७ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १५,७६३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले २,४१४ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ८४४ मत प्राप्त गरेका थिए।

त्यसैगरी स्थानिय तहको निर्वाचनमा रास्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारले २,२९३ मत प्राप्त गरेको काठमाण्डौ क्षेत्र नं ४ मा २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार  गगन कुमार थापाले २,१५५८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका डा.राजन भट्टराईले १,८१४० मत प्राप्त गरेका थिए।

काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा रहेको प्रदेस क्षेत्र नं १ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको प्रदेस क्षेत्र २ मा राजनीतिक दलको अवस्थाका वारेमा अर्को शृंखलामा चर्चा गरिनेछ।

 

तपाइँको प्रतिक्रिया ।